भरतपुर, १ भदाै । चितवन जिल्लाकाे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने जुगेडी पुलबाट ट्रक खसेको छ ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६५० नम्वरको ट्रक पुलबाट खोलामा खस्दा तीन जना घाइते भएका छन् ।
घाइतेमध्य एकको अवस्था गम्भिर र दुईको मध्यम रहेको प्रहरीले जनाएको छ । चालक सहित घाइते भएकाहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।












प्रतिक्रिया