आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

बलत्कार अभियुक्त भागेपछि प्रहरीलाई तनाव

दैनिक नेपाल २०७६ भदौ १ गते ६:५७

जनकपुरधाम, १ भदाै । बलात्कार अभियुक्त जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएको खुलेको छ ।

जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक राजकुमार भण्डारीसहितको टोलीले बयान लिने क्रममा अभियुक्त प्रहरीलाई छकाउदै फरार भएका हुन् ।

बिहिबार दिउँसो बयानको क्रममा बलत्कारका अभियुक्त राममणी यादव फरार भएका हुन्।

अभियुक्त फरार पछि अनुसन्धान शाखाका प्रहरी सहायक निरीक्षक राजकुमारी भण्डारीलाई निलम्बन गरिएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

घटनाको छानबिनका लागि धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा प्रहरी निरीक्षक सहितको पाँच सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित