आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

एथ्लेटिकाे बिल्बाओसँग ला लिगामा बार्सिलाेना पराजित

दैनिक नेपाल २०७६ साउन ३२ गते ६:५८

लण्डन, ३२ साउन । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९-२० काे सिजनमा खराब सुरुवात गरेको छ ।

शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो । लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो ।

यसैगरी लुइस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए । ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले बिल्बाओका लागि गोल गरेका थिए ।

८९ औं मिनेटमा उनले गरेको गोल नै ला लिगाको पहिलो खेलमा विलबाओलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

प्रतिक्रिया
सम्बन्धित