सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

हिक्मत थापाले एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने

दैनिक नेपाल २०७६ साउन ३२ गते ६:३२

अमेरिका । गैरआवासीय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले वर्ष २०१९ -२०२१ को लागि अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

संघमा सन २००७ देखि आबद्ध थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुन् । त्यसपछि दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्षको पदावधि सम्पन्न गर्दै छन् ।

अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा नेतृत्व गरेका थापाले यसअघि संघका सबै महत्वपूर्ण अभियानहरूमा सक्रियरुपमा योगदान गरेका छन् ।

कैलालीको टीकापुरका स्थायी बासिन्दा थापा बिगत १३ वर्षदेखि अफ्रिकाको नाइजेरियामा बस्दै आएका छन् ।

समाज सेवा र साहित्यमा विशेष रुचि राख्नु हुने थापा अफ्रिकामा नेपालीहरूलाई अप्ठ्यारोमा पर्दा उद्धार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित छन् ।

दैबी बिपत्ती र एनआरएनका नेपाल परियोजना (प्रोजेक्ट)हरूमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाएका थापाले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफ्नो छुट्टै नेतृत्वको पहिचान बनाएका छन् ।

संघले संसार भरका गैर आवासीय नेपालीहरूको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित