१६ कार्तिक २०८३, सोमबार

इन्टरस्कुल फ्रेन्डसिप क्वीज कन्टेस्ट २०७६ काे विजेता घोषणा तथा पुरस्कार वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ साउन । अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौँले आयोजना गरेको OPS Inter-School Friendship Quiz Contest 2076  सम्पन्न भएको छ ।

उपत्यकाका जम्मा २१ वटा विद्यालयहरुले सहभागिता जनाएको कार्यक्रममा लोकसेवा आयोगको परीक्षाको शैलीमा प्रथम पटक प्रतिस्पर्धा गराइएको थियो । उक्त छनोटमा परेका उत्कृष्ट आठ टिमबीच दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो ।

विद्यालयका निर्दे्रशक डी.वी. निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सिद्धिप्रसाद कोइराला तथा सदस्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा विजेता विद्यालयहरु क्रमश प्रथम वृहस्पति विद्या सदन २० हजार नगद, ह्विज किड्स मा.वि. दित्तीय १० हजार नगद, के.एम.सी मा.वि. तृतीय ८ हजार नगद र सान्त्वना व्राइट फ्युचर स्कुलले २ हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।

यस कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरुले स्वागत गीतका साथै नृत्य प्रस्तुत गरेका थिए ।