४ कार्तिक २०८३, बुधबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । पटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अनाैपचारिक छलफल गरेर बैठक स्थगित भएको थियो ।

यसअघि आज दिउँसो तीन बजेका लागि बैठक तय भएपनि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बैठक अहिले नै बसेको हो ।

सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान छलफल भएको छ ।

पार्टी एकीकरण प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषयमा नेकपा दुई अध्यक्ष निरन्तर छलफलमा भए पनि सहमति भने हुन सकिरहेको छैन ।

नेकपामा खासगरी स्कुल विभागमा समस्या देखिएको छ । सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरेको स्कुल विभागमा अहिले ८ जनाको दाबी पुगेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको वर्ष जेठ ३ गते एकता भएको थियो । तर, १५ महिना बितिसक्दा पनि एकताले पूर्णता पाउन सकेको छैन ।