४ कार्तिक २०८३, बुधबार

नोभाक जोकोभिच सिनसिनाटी मास्टर्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३१ साउन ।  नोभाक जोकोभिच सिनसिनाटी मास्टर्स टेनिसको क्वार्टरफाइनलमा पुगेका छन् ।

अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत प्रिक्वार्टर फाइनलको खेलमा जोकोभिचले स्पेनका पाब्लो कारेनो बुस्टालाई २–० को सहज सेटमा हराए । जोकोभिचले ६–३ र ६–४ को सहज जित निकालेका थिए ।

विश्व नम्बर तीन रोजर फेडेरर सिनसिनाटी मास्टर्स टेनिसको प्रिक्वार्टर फाइनलबाट बाहिरिएका छन् । २० पटकका ग्राण्डस्लाम च्याम्पियन फोडेररलाई २१ वर्षे युवा खेलाडी एन्द्रे रुब्लेभले सोझो सेटमा हराए ।

छनोट चरण पार गरेर आएका रुब्लेभले फेडेररलाई ६–३ र ६–४ को सहज सेटमा पाखा लगाए । अघिल्लो चरणको खेलमा उनले स्वीट्जरल्याण्डका स्टाननिस्लास वावरिन्कालाई हराएका थिए । अब क्वार्टरफाइनलमा रुब्लेभले डानिल मेद्भेदेभसँग प्रतिस्पर्धा गर्नेछन् ।

रोजर फेडेरर अर्को महिनादेखि हुने यूएस ओपन टेनिस खेल्ने तयारीमा छन् । ‘उसले उत्कृष्ट खेल्यो । मलाई निकै कठीन भयो,’ फेडेररले भने ।