
काठमाडौँ, ३० साउन । गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ ।
काठमाडौँका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको समन्वयमा भएको रिटेलर मिटमा विभिन्न संस्थाहरु पुरस्कृत समेत भएका छन् ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले उपभोक्तालाई मर्कामा पारेर नभई आफ्नो नाफाबाट मात्र उपहार कुपन बाँड्न र गुणस्तरीय लुब्रिकेन्ट्सको प्रयोग बारेमा मेकानिक्सहरुलाई जानकारी प्रदान गर्न अनुरोध गरे ।
माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले सवारी साधनको मर्मत सम्भार गर्दा सावधानी अपनाएर गुणस्तरीय लुब्रिकेन्ट्स र पार्ट्स प्रयोग गरिए सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु)का उपाध्यक्ष प्रदीप घिमिरेले लुब्रिकेन्ट्सको काम गर्दा मेकानिक्सहरुमा देखिन सक्ने स्वास्थ्य समस्याका बारेमा समेत लुब्रिकेन्ट उत्पादकहरुले ध्यान दिनुपर्ने बताउदै यसको गुणस्तर र प्रयोगका बारेमा मेकानिक्सहरुलाई समय समयमा तालिमको आवश्यकता औँल्याए ।
यस्तै, नेपाल ल्युब आयल लिमिटेडका नेसनल सेल्स म्यानेजर रविन्द्र उपाध्यायले गल्फ लुब्रिकेन्ट्सको गुणस्तरीयता बारेमा जानकारी प्रदान गर्दै मेकानिक्सहरुले समेत लुब्रिकेन्ट्सको बारेमा जानकारी लिनु आवश्यक भएकाले कम्पनीले समेत समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
नेपाल अटो ट्रेडिङका प्रबन्ध निर्देशक रामप्रसाद कँडेलले ग्राहक र कम्पनी बीचको सम्बन्ध मजबुत बनाउनका लागि रिटेलरहरुको भूमिका महत्वपूर्ण भएको बताउदै आगामी दिनमा सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।
एभ ट्रेडिङका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलले गल्फ लुब्रिकेन्ट गुणस्तरीय भएकै कारण एभ ट्रेडिङले काठमाडौँ क्षेत्रमा राम्रो व्यवसाय गर्न सफल भएको बताउँदै यो कार्यमा संलग्न सबै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा राम्रो परिमाणमा गल्फ लुब्रिकेन्ट्स बिक्री–वितरण गर्ने रिटेलर तथा मेकानिक्सहरुलाई विभिन्न उपहार प्रदान गरिएको थियो । यस अन्तर्गत धनश्री अटो केयरले बुलेट क्लासिक ३५० बाइक प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि सिन्धुली अटो पार्ट्सले धेरै बिक्री गर्ने प्रतिबद्धता जनाउदै सुजुकी अल्टो ८०० कार अग्रिम रुपमा प्राप्त गरेको छ ।
त्यसैगरी, राम मोटरसाइकल वर्कसप, दिलिप मोटरसाइकल वर्कसप र विकास मोटरसाइकल वर्कसपले ३२ इन्चको एलईडी टीभी पाएका छन् भने आरके मोटरसाइकल वर्कसप, राजु अटो पार्ट्स र गिरी अटो पार्ट्सले वासिङ मेसिन पाएका छन् । न्यु श्रेष्ठ अटो पार्ट्सले भने आईफाइभ ल्यापटप प्राप्त गरेको छ ।
गल्फ लुब्रिकेन्टले गत वर्ष नै दुई आर्थिक वर्षका लागि अग्रिम रुपमा विभिन्न विक्रेताहरुलाई भिटारा ब्रेजा कार वितरण गरिसकेको छ । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो ।















प्रतिक्रिया