३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकको सञ्चालन मुनाफा १ अर्ब २२ करोड पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । मुक्तिनाथ विकास बैंक लिमिटेको सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष ०७५/०७६ सम्ममा ४६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन र ३७ अर्ब ९५ रुपैयाँ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरेको जनाएको छ ।

विकास बैंकको माझमा आफ्नो उत्साहजनक वृद्धि र उत्कृष्ट प्रतिफल रहेको बैंकले जनाएको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले वृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले वृद्धि गर्न सफल भएको दाबी गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी २७.८४ रुपैयाँ रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको गुरुङले बताए ।

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा वृद्धि गर्दै लैजाने बैंकले लक्ष्य लिएको छ ।

हाल बैंकले १ सय १८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ र साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सूचना अधिकारी गुरुङले जानकारी दिए ।