बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेकपाको सचिवालय बैठक बस्दै, कार्यविभाजन टुंग्याउने तयारी

दैनिक नेपाल २०७६ साउन ३० गते १०:५५

फाइल तस्वीर

काठमाडौँ, ३० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

यद्यपी, नेताहरुबीच अनाैपचारिक छलफल भने भएको थियो ।

कार्यविभाजनमा कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटकपटक सर्दै आएको छ । खासगरी नेकपाभित्र स्कूल विभागमा कुरा मिल्न सकेको छ । सचिवालय सदस्यद्वय ईश्वर पोखरेल, प्रवक्ता श्रेष्ठ, अर्का सचिवालय सदस्य झलनाथ खनाल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष जेठ ३ गते एकता घोषणा भएको थियो । एकताका घोषणा भएको १५ महिना बितिसक्दा पनि एकताले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित