शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

जङ्गली च्याउ खाँदा युवराज कुमाइको मृत्यु

दैनिक नेपाल २०७६ साउन ३० गते ८:५०

जाजरकोट, ३० साउन । जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो । उहाँसँगै च्याउ खाएर बिरामी भएकी उहाँकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै गर्दा मृत्यु भएको थियो ।

जाजरकोटमा जङ्गली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढे पनि जनचेतनाका काम नहुँदा समस्यापनि थपिँदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित