शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

नेकपाकाे जनवर्गीय संगठन इन्चार्जमा पनि विवाद

दैनिक नेपाल २०७६ साउन ३० गते ७:२९

काठमाडाैं, ३० साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनमध्येका मुख्य संगठनको इन्चार्जको जिम्मेवारीमा पनि विवाद देखिएको छ ।

युवा, मजदुर, महिला विभाग पूर्व एमाले र विद्यार्थीलगायत जवस मोर्चाको नेतृत्व पूर्वमाओवादीवाट लिने गरी दुई अध्यक्षमा भागबन्डा भएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

पूर्वमाओवादीतर्फ विद्यार्थीको फ्याक्सन इन्चार्जमा हितमान शाक्यको नाम सिफारिस भए पनि पूर्व एमालेतर्फका इन्चार्जमा भने अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचमै विवाद छ।

ओली पक्षले मजदुरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका स्थायी समिति सदस्य विष्णु रिमाल, युवामा महेश बस्नेत र महिलामा गोमा देवकोटालाई इन्चार्ज बनाउन चाहेको छ।

तर तीनमध्ये एउटा जनसंगठनको इन्चार्ज आफ्नो पक्षका नेतालाई दिनुपर्ने अडानमा नेता नेपाल पक्ष छ। तर मंगलबार बिहान पूर्वएमाले तर्फका सचिवालय सदस्यहरूको छलफलमा ओली पक्षले तीनवटै जनसंगठनको इन्चार्ज नछोड्ने संकेत गरेपछि पूर्वएमालेभित्रै विवाद निम्तेको थियो।

‘मुख्य जनसंगनठको इन्चार्जसिपका विषयमा पनि केही मिलेको छैन। विवाद देखिएको छ। त्यसले पनि सचिवालय बैठकलाई प्रभावित पारेको छ,’ सचिवालयका एक सदस्यले भने।

दुई अध्यक्षबीच बुधबार बिहान भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले थप गृहकार्यका लागि एक दिन छलफल गरौं भन्ने प्रस्ताव गरेपछि बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको थियो। बैठक स्थगित गरेर दुई अध्यक्षले बुधबार बिहान र दिउँसो छलफल गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित