मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

माछापोखरीबाट लागूऔषध सहित २ जना पक्राउ

दैनिक नेपाल २०७६ साउन २९ गते १७:२८

काठमाडौँ, २९ साउन । प्रहरी टोलीले काठमाडौँ महानगरपलिका १६ माछापोखरीबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरगेको हो । पक्राउ पर्नेमा महोत्तरी, औरही नगरपालिका  १ घर भई ललितपुर थसीखेल बस्ने वर्ष १७ को अम्बर साह र सिन्धुपाल्चोक घर भई काठमाण्डौ म्हैपी बस्ने वर्ष १७ को उमेश लफड छन् ।

उनीहरूको साथबाट प्रहरीले ट्रामा नामक २१२ पिस लागूऔषध बरामद गरेको छ । माछापोखरी बुद्ध महल अगाडी शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित