मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

झापामा झण्डै साढे २ लाखको अवैध सामान बरामद

दैनिक नेपाल २०७६ साउन २९ गते १३:४१

काठमाडौँ, २९ साउन । झापा प्रहरीले झण्डै साढे २ लाखको अवैध सामान बरामद गरेको छ ।

गएराति इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-छ बाट भन्सार छलि गरि ल्याएको सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतबाट भन्सार छलि गरेर ल्याएको झण्डै २ लाख मूल्य बराबरका विभिन्न कपडा र ३० हजार बराबरको छाेकडा पाँच बोरा बरामद भएको छ ।

बरामद सामानलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित