बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

दैनिक नेपाल २०७६ साउन २९ गते १२:५२

काठमाडौँ, २९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक पैदल यात्रुको मृत्यु भएको छ । महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा नाम परिचय नखुलेका एकजना पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

महाशाखाबाट गएराति ड्युटीमा गएका ट्राफिक प्रहरी चढेकाे गाडीले ती व्यक्तिलाई कोटेश्वर बालकुमारी नजिकै आकाशे पुलमुनि ठक्कर दिएको थियो ।

प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर ल्याएको थियो । चिकित्सकहरुले बुधबार बिहान ९ बजे उनलाई मृत घोषणा गरेका हुन् । मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनास्थल वरपर बोराहरु देखिएकाले त्यहीँ बस्ने व्यक्ति हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित