बुधबार, १ असोज २०७६
DainikNepal.com
बुधबार, १ असोज २०७६

अरूण खाेलाकाे पुलमा ट्रक दुर्घटना, ठूला गाडीलाई बाटाे बन्द

दैनिक नेपाल २०७६ साउन २९ गते १०:२७

नवलपरासी, २९ साउन । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोला पुलमा ट्रक दुर्घटना भएको छ ।

ट्रकले ठक्कर दिँदा पुलमा क्षति पुगेको छ । पूर्वतर्फको भागमा ट्रकले ठक्कर दिँदा पुलको केही भाग चर्किएको छ ।

पुल चर्किएपछि ठूला सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । साना हलुका सवारीसाधनलाई संचालनमा ल्याइएको नवलपुर प्रहरीले जनाएको छ ।

बुधबार बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एकातर्फको भागमा ठक्कर दिँदा चर्किएको हो ।

पुल चर्किएपछि पूर्व-पश्चिम राजमार्ग भएर गुड्ने सवारीसाधन संचालनमा ल्याउन प्रहरीले रोक लगाएको छ । साना र हलुका सवारीलाई भने पालैपालो दुवैतर्फ संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित