बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

नेकपा सचिवालय बैठक आज बस्दै

दैनिक नेपाल २०७६ साउन २९ गते ७:२७

काठमाडौं, २९ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएपछि आज बस्दै छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने निर्णय भएको थियो ।

तयारी नपुगेकाले बैठक बुधबार बस्ने भएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ ।

बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन छलफलमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

अन्य विभाग टुंगो लागे पनि स्कुल विभागमा कुरा नमिल्दा नेकपा सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी एकताको एक वर्ष पूरा भए पनि अझै प्रक्रिया सकिएको छैन ।

अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनसमेत अपूरै छ ।

प्रतिक्रिया
सम्बन्धित