मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

टाटा ट्रस्ट र सिप्रदीयनद्वारा सिन्धुपालचोकमा पुनर्निर्माण गरिएकोविद्यालय हस्तान्तरण

दैनिक नेपाल २०७६ साउन २९ गते ६:२२

सिन्धुपालचोक, २९ साउन । टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्ट र टाटा ट्रस्ट्स (इन्डिया) तथा सिप्रदीयन सहायता संस्थाको साझेदारीमा संचालित “नेपाल अर्थक्वेक रिस्पोन्स प्रोगाम” अन्तर्गत पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिकामा अवस्थित श्री मार्मिङ माध्यमिक विद्यालय उद्घाटन गरिएको छ ।

नवनिर्मित भूकम्पप्रतिरोधी विद्यालय भवनको यही गते प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले समुद्घाटन गरे ।

उसमुद्घाटन समारोहका विशेष अतिथिमा टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर शहोब राइस, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल तथा टाटा सस्टेनिलिटी ग्रुपका नायब महाप्रबन्धक श्रीरंग डाभले थिए ।

सिन्धुपालचोकको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिककी उपाध्यक्ष दाबुटी शेर्पा, सिप्रदी ट्रेडिङका महाप्रबन्धक कृष्णप्रसाद बर्तौला तथा टाटा ट्रस्ट्स नेपालका क्षेत्रीय प्रबन्ध टमलाल पोखरेलको पनि उपस्थिति थियो ।

उक्त समारोहमा मार्मिङ गाउँका ६ सयभन्दा धेरै विद्यार्थीहरू र अभिभावक पनि उपस्थिति थियो ।

भूकम्पप्रतिरोधी र आधुनिक डिजाइनमा पुनर्निर्मित विद्यालय भवनको संरचना अपांगमैत्री सुविधाहरू रहेका छन् । वि.सं २०७२ सालको महाविनाशकारी भूकम्पले विद्यालयमा नराम्ररी क्षति पुर्‍याएको थियो र विद्यालका कक्षाकोठाहरू, विज्ञान प्रयोगशाला र अन्य कोठाहरू भत्किएका थिए ।

पुनर्निमार्ण गरिएको भूकम्पप्रतिरोधी विद्यालयमा १० वटा कक्षाकोठाहरू, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेसोरी कक्षाकोठाहरू र अन्य भौतिक सुविधाहरू रहेका छन्। यस विद्यालयमा अध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्न आवश्यक सम्पूर्ण सुविधाहरू रहेका छन् ।

यो विद्यालय २.७ करोड रूपैयाँभन्दा पनि बढीको लागतमा पुनर्निमार्ण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित