मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

प्रमुख कार्यकारी अधिकृतको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

दैनिक नेपाल २०७६ साउन २८ गते २०:४६

काठमाडौँ, २८ साउन । बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेरको हदबन्दी कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

राष्ट्र बैंकको उक्त निर्णयलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजालासले सीईओको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्धाउपर अदालतले आदेश जारी गरेको हो ।

राष्ट्र बैंकले दुईसाता अघि बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेको थियो । ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएको ४ दिनमै राष्ट्र बैंकले उमेर हद तोकेपछि प्राइमका सीईओ मानन्धर पदमुक्त भएका थिए । लगायत राष्ट्र बैँकको निर्णयसँगै अन्य केही कार्यकारी अधिकृतहरुको समेत पद गुमेको थियो ।

राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको थियो । राष्ट्र बैंकले सञ्चालक पदमा निर्वा्चित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था गरिएको छ । सञ्चालकको हकमा भने सर्वोच्चले केही उल्लेख छैन ।

प्रतिक्रिया
सम्बन्धित