मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

लमजुङ सेवा समिति हङकङको अध्यक्षमा सरोज गुरुङ

दैनिक नेपाल २०७६ साउन २८ गते १८:२५

लमजुङ, २८ साउन । लमजुङ सेवा समिति हङकङको अध्यक्षमा सरोज गुरुङ सर्वसम्मत चयन भएका छन् ।

समितिको हालै सम्पन्न ११ औँ अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

२३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ठाकुरप्रसाद गुरुड, सचिव श्यामकुमार गुरुङ, कोषाध्यक्षमा ओमप्रसाद गुरुङ, सहसचिव मनराज गुरुङ, सहकोषाध्यक्षमा मिनवहादुर गुरुङ र प्रवक्तामा जगत गुरुङ रहेका छन् ।

अधिवेशनको उद्घाटन हङकङ मकाउ सार्कका वाणिज्य दूत किरण गुरुङले गरे । उनले प्रत्येक व्यक्तिले जहाँ भएपनि आफ्नो देश र मातृभूमिलाई कहिल्यै बिर्सन नहुने बताए ।

लमजुङ सेवा समिति हङकङ रोजगारीको क्रममा हङकङमा रहेका लमजुङ्गेहरुको साझा संगठन हो । समितिले जिल्लामा सम्पर्क समिति गठन गरी समितिमार्फत् विभिन्न विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

समितिले ४० लाखको अक्षयकोष समेत स्थापना गरेको छ । कोषमार्फत् जिल्लामा शिक्षा, स्वास्थ्य, विपद् र खेलकुदको क्षेत्रमा सहयोग गर्दै आएको लमजुङ सेवा समिति हङकङका निर्वतमान सचिव सुरेन्द्रमान घलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित