मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

छुट्टाछुट्टै माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु

दैनिक नेपाल २०७६ साउन २८ गते १८:१९


काठमाडौँ, २८ साउन । रुपन्देहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ७ वर्षीय अक्षय कुमार मौर्यको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मायादेवी गाउँपालिका १ स्थित सडकमा लु.४९ प ५३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरमा ना.४३ प ३९०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ४० वर्षीया सुनिता देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी रौतहट बौदिमाई नगरपालिका ८ बस्ने चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित