सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

छुट्टाछुट्टै स्थानमा ६ जना मृत फेला

दैनिक नेपाल २०७६ साउन २८ गते १८:०४


काठमाडौं, २८ साउन । ललितपुरको गुह्ये पोखरीमा बालकुमारी बस्ने उदयपुर कटारी घर भएका ३३ वर्षीय हरि खड्का मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका २५ नख्खुस्थित नख्खु खोला किनारामा व्यक्तिगत विवरण नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, नवलपरासी बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेजपुलस्थित ३२ नम्बर ढोकामा व्यक्तिगत विवरण नखुलेकी करिब २० वर्षीया महिला मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

गोरखाको गोरखा नगरपालिका १० टक्सार बस्ने ५० वर्षीय श्यामहरी घिमिरे आफ्नै घर नजिकैको झाडीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

झापामा बिर्तामोड नगरपालिका ४ हर्कलाल मार्गमा बन्दै गरेको द्ववारीका होटलमा काम गर्ने सोही नगरपालिका ७ बस्ने ४८ वर्षीय शसी शिवाकोटी सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बुको माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचेस्थित जंगलमा महाकुलुङ गाउँपालिका १ बुङ बस्ने २० वर्षीय शुक्र कुमार राई सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित