मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

करिब ४५ किलो अवैध लागूऔषध गाँजा बरामद

दैनिक नेपाल २०७६ साउन २८ गते १७:३८


मकवानपुर, २८ साउन । हेटौंडामा करिब ४५ किलो अवैध लागूऔषध गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । हेटौँडा उपमहानगरपालिका १९ बीच टोलबाट ३ वटा प्लाष्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा बरामद गरिएको हो ।

बेवारिसे अवस्थामा शंकास्पद वस्तु रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित