मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

पठाओसँग ६ सय ट्याक्सी जोडिएको दाबी, नापतौलको मिटर काम छैन !

दैनिक नेपाल २०७६ साउन २८ गते १६:२५

काठमाडौं, २८ साउन । सवारीको सुविधाका लागि एप्लिकेशनका मार्फतबाट सञ्चालित ‘पठाओ’सँग ६ सय सार्वजनिक ट्याक्सी जोडिएको दाबी गरिएको छ ।

मंगलबार राजधानी पत्रकार सम्मेलन गर्दै पठाओले सार्वजनिक ट्याक्सीलाई नै कार सेवामा जोडेको प्रष्टीकरण दिँदै कुनै नीजि कारले उक्त सेवा नदिने जनाएको छ ।

क्षेत्रीय निर्देशक असिम मानसिंह बस्न्यातले मोटरसाइकलका माध्यमबाट सुरु गरिएको सेवा ट्याक्सीसम्म पुर्याइएको औपचारिक जानकारी दिए ।

तर पठाओले ट्याक्सीले दिने सेवाको शुल्क भने आफैं निर्धारण गरेको छ । सार्वजनिक ट्याक्सीसँग समन्वयका आधारमा काम गरे पनि नापतौल तथा गुणस्तर विभागले दिएको मिटरले काम नगर्ने प्रष्ट देखिएको छ ।

तर, यातायात व्यवस्था विभागले २०६५ सालदमा कायम गरेको सार्वजनिक यातायात सम्बन्धी नियमावलीको १४ वटा परिभाषाभित्र नै शुल्क निर्धारण गरिएको दाबी गरेको पठाओले प्राविधिक हिसाबको सेवालाई मुल्यांकन गरी १५ औं बुँदामा राखे कानुनसम्मत सेवा दिने जनाएको छ ।

पठाओमा आवद्ध भएका ट्याक्सीले न्युनतम एक सय रुपैंया र प्रति किलोमिटर ३९ रुपैंया कायम गरिएको छ । कुनै ठाउँमा पर्खिनुपर्ने भए एक मिनेटको एक रुपैंया शुल्क लाग्ने समेत जनाइयो ।

पठाओको ५ लाख एप्लिकेशन उपत्यकामा डाउनलोड भएको जनाएका बस्नेतले ४० हजार सेवा दिने मोटरसाइकल रहेको जनाए । जसलाई मोटरसाइकल ट्याक्सी भनेर पनि चिनिने गरिएको छ ।

प्रविधिको माध्यमबाट यातायातका क्षेत्रमा मात्र नभएर अन्यमा पनि सेवा विस्तार गर्न लागिएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिइयो ।

प्रतिक्रिया
सम्बन्धित