मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग

दैनिक नेपाल २०७६ साउन २८ गते १४:०४

काठमाडौँ, २८ साउन । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरिन ।

शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया
सम्बन्धित