मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

लौ पढ्नुहोस् ‘नेकपा’का गुरागाँईको अर्को चर्तिकला

दैनिक नेपाल २०७६ साउन २८ गते ९:२८

काठमाडौं, २८ साउन । इम्पेट्स टेक्नोलोजी नेपाल प्राली स्थापना गरी करोडौं रकम उठाएका नेकपाका कार्यकर्ता बताउने जीवन गुरागाँईविरुद्ध श्रमिकलाई पारिश्रमिक नदिई कम्पनी बन्द गरेको उजुरी परेको छ ।

उक्त कम्पनीको शाखा कार्यालय इटहरीमा खोली ७ जना कामदारको झन्डै ८ लाख बराबरको पारिश्रमिक नदिएको उजुरी श्रम कार्यालय विराटनगरमा परेको थियो ।

कडा मिसाजका श्रम अधिकारी प्रेम सञ्जेलले गुराँगाईको कम्पनीविरुद्ध श्रमिकको पारिश्रमिक उठाउन निदेर्शन जारी गरेका छन् । कम्पनी खडा गरी गुराँगाईले काम लगाएका डिल्लिराम गुराँगाई, राजन निरौला, सागरमणि राई, उत्सव दाहाल नरप्रसाद ढकाल, अमिता श्रेष्ठ र सम्झना श्रेष्ठलाई पारिश्रमिक नदिई कार्यालय बन्द गरेका थिए ।

ललितपुरको जावलाखेलमा मुख्य कार्यालय रहेको गुराँईको कम्पनीले पीडितहरूलाई क्रमशः ४ लाख ७ हजार, ८५ हजार, ८८ हजार ८ सय, ३५ हजार, ८१ हजार ७ सय, ४५ हजार र ३६ हजार भन्दा बढी रकम पारिश्रमिक दिनुपर्ने देखिन्छ । श्रम अधिकारी सञ्जेलले गुराँगाईको कम्पनीले समयमा नै भक्तानी गर्नुपर्ने व्यहोरासहितको पत्रमा तोक लगाइसकेका छन् । उनले समयमा पारिश्रमिक नदिए कारबाही प्रक्रिया अघि बढाउनका निम्ति पनि निर्देशन दिएका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरले गुराँगाईको कम्पनीविरुद्ध श्रमिकको रकम भुक्तानीका लागि दिएको निर्देशनात्मक पत्र र विवरण ।

नेतासँग उठबस, करोडौं रकम घोपला

गुराँगाईको नेकपाका कतिपय नेताको साहरामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका तस्बिरहरू फेला परेका छन् । खासगरी नेकपा प्रदेश–१ का सह–इञ्चार्ज सावित्रि काफ्ले समरसँग राम्रो सम्बन्ध बनाएका गुराँगाईले त्यसकै आधारमा विभिन्न काम लिने, ठेक्का लिने र कम्पनी चलाउने भन्दै करोडौं रकम ठगी गरेका छन् ।

बैंकिङ कारोबारमा ठगी गरेको भनी उनीविरुद्ध उजुरी लिएर पीडित प्रहरीकहाँ पुग्न थालेका छन् । कतिपयसँग उठाएका रकम फिर्ता दिने भन्दै १५ लाख, ३० लाखका चेक दिने तर त्यसमा रकम नहुने गरेको पनि फेला परेको छ ।

कम्पनीमा करोडौं रकमको शेयर आउन लागेको र आउनासाथ पैसा दिने भन्दै पटक–पटक सर्वसाधारणलाई झुक्याएर रकम लिएका गुराँगाईले दिएका बाउन्स चेकहरूका प्रति दैनिक नेपालसँग छन् ।

उनले पीडित बनाएका इटहरीका ढुण्डीराज गुरागाँईसँग आफन्तको साइनो लगाउँदै २९ लाख रुपैंया रकम लगी रकम जम्मा नभएको चेक दिएका छन् । गुराँगाईलाई नविल र एनआइसी एसीया बैंकको चेक दिइएको छ । एक हप्ताका लागि भनेर रकम लैजाने र विविध बाहना बनाउँदै बर्ष दिन बित्दा पनि गुरागाँईले रकम फिर्ता गर्नु त परै जाओस् सम्पर्कमा आउने समेत गरेका छैनन् ।

पीडित ढुण्डीराजसँग २ लाख, ७ लाख हुँदै २० लाखसम्म पटक–पटक गरी २९ लाख रकम जीवनले लगेका थिए । ढुण्डीराज इटहरीमा सिंहदेवी सप्लार्यमार्फत व्यापार गर्छन् । २७ साउन ०७५ मा एक साताका लागि भनेर जीवनले उक्त रकम लगेका थिए । आफूसँग रकम नभए पनि ऋण खोजेर ढुण्डीराजले पछिल्लो पटक २० लाख रकम दिएका थिए । जीवनले पहिलो चरणमा बैंक अफ काठमाडौंको चेक दिएका थिए जुन नसाटिएपछि फिर्ता लिएर महिनौंसम्म गायब भए ।

पीडितका अनुसार २६ माघ ०७५ मा खोजी गरी भेटिएपछि काठमाडौंको अर्याल होटलमा राखेर जीवनले २९ लाखको चेक ढुण्डीराजको कम्पनी सिंहदेवी सप्लार्यस्का नाममा दिए । तर, त्यो पनि साटिएन । त्यसपछि सोही कम्पनीका नाममा १५ लाखको नबिल बैंकको अर्को चेक दिएका थिए ।

गुराँगाईले शिक्षा मन्त्री गिरीराजमणि पोखरेलसँगको तस्बिर राखेर शिक्षा क्षेत्रका विभिन्न निकायमा धम्कीपूर्ण हिसाबले काम लिने गरेका छन्, जसको कम्पनी नै कालोसूचीमा रहेको बताइएको छ । यस्तै, नेकपाको शक्ति लगाएर झापा, मोरङ, सुनसरीलगायतका ठाउँमा रहेका कतिपय स्थानीय तह र प्रदेश सरकारका परियोजनामा पनि गुराँगाईले मनोपोली दबाब दिने गरेका कारण कर्मचारी आजित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित