बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

चक्कु प्रहार गरेर हत्या गर्ने दुई जना पक्राउ

दैनिक नेपाल २०७६ साउन २७ गते ८:५२

महोत्तरी, २७ साउन । महाेत्तरी जिल्लामा महिला हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका २ का दशैं ठाकुर र वडा नं. ८ का राजकिशोर गिरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बिहान पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको हो ।

गएकाे असार ५ गते रातिको समयमा गौशाला नगरपालिका १० की अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

मृतक श्रेष्ठले प्रयाेग गरेकाे मोबाइल गिरीको घरबाट फेला परेकाे र त्यसैलाई आधार बनाएर अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशाेर आचार्यले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पनि उनले बताए ।

गौशाला बजारमा संचालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई रातिको समयमा उनकै घरमा चक्कु प्रहार गरि हत्या गरिएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित