मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

सिंगापुरबाट प्रधानमन्त्री आज स्वदेश फर्कंदै

दैनिक नेपाल २०७६ साउन २७ गते ७:५०

काठमाडौं, २७ साउन । सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी ओली सोमबार स्वदेश फर्कंदै छन् ।

स्वास्थ्य परीक्षण लम्बिएकाले फर्किने कार्यक्रम सोमबारलाई सरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएकाे छ  ।

‘प्रधानमन्त्रीज्यू सोमबार अपराह्न फर्कंदै हुनुहुन्छ’, स्राेतले भन्याे । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणबाट प्रधानमन्त्री ओलीको अवस्था सामान्य पाइएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ मा सिंगापुर गएका थिए  ।

उनका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दीव्यासिंह शाहसहित ९ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित