१६ कार्तिक २०८३, सोमबार

घुस लिएको अभियोगमा मुद्दा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक मुद्दा मिलाइदिने र थुनामा रहेका एक आरोपीलाई छुटाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग रु १८ हजार घुस मागेको आयोगले आरोप लगाएको छ ।

उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले नगराइन नगरपालिका धनुषाका सबइञ्जिनीयर उमेश मण्डललाई रु ५५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सम्पन्न भएको एक योजनाको प्रतिवेदन तयार पारी भुक्तानी दिने प्रयोजनका क्रममा सबइञ्जिनीयर मण्डलले घुस माग गरेको पाइएको आयोगले जनाएको छ । आरोपी मण्डललाई यही साउन २४ गते पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगले जनाएको छ । –रासस