
काठमाडौँ, २६ साउन । इस्लाम धर्मावलम्बीहरुको चाड इद उल अजहा (बकर इद) को अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, “देश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”
उनले सन्देशमा उल्लेख गर्दै, बहुभाषिक, बहुसांस्कृतिक देशका रुपमा परिचित नेपाल सबै समुदाय र धर्मको सम्मानमा विश्वास गर्दछ । विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो । यस चाडले नेपाली समुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गरी देशको समृद्धिको यात्रामा साथ पुग्ने विश्वास लिएको बताएका छन् ।
उनले पर्वको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।












प्रतिक्रिया