
ललितपुर, २६ साउन । जंगलको भीरबाट लडेर १७ वर्षीय शुभाष सुनुवारको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २७ सुनाकोटीबाट गोदावारी घुम्न गएका सोही ठाउँ नखीबोट बस्ने सुनुवार शनिबार दिउँसो मृत फेला परेका हुन् ।
अन्य ३ जना साथी सहित घुम्न गएका उनी मृत फेला परेपछि उनका साथीहरु सुनाकोटी बस्ने रौतहट घर भएका राकेश बैठा र सोही ठाउँ बस्ने उदयपुर घर भएका अभिषेक माझीलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, बाग्लुङमा ६० वर्षीय भुम बहादुर बिक र उनका श्रीमती ६० वर्षीया बिमा बिक आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । ढोरपाटन नगरपालिका ८ कुहीनेबाटोमा रहेको गोठमा सोही ठाउँ बोवाङ बस्ने उनीहरु मृत भेटिएका प्रहरीले जनाएको छ ।
त्यस्तै, तनहुँको देबघाट गाउँपालिका ५ ठिमुरा पुलस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीय पुरुष आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया