शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

प्रचण्ड ‘अर्धपागल’ हुन् ?

विनोद ढकाल २०७६ साउन २६ गते १३:४०

कहिलेकाहीँ सन्दर्भको आलोकलाई पुष्टि गर्नका निम्ति सही ढंगले बोलेका कतिपय शव्द पनि नेपाली राजनीतिक पीडादायी कालको ‘कोमा’ सम्झाउने नजिर बनिदिन्छन् । मानिसको जीवन नै ‘भ्रम’ हो भन्थे सँगै पत्रकारिता गरेका एकजना गौतम दाई । उनले पनि प्रचण्डलाई खुबै मान्थे तर परिस्थितिले युरोपतिर भासिन बाध्य पारिदियो, क्रान्ति र जनयुद्धका नाममा केही लछारपाटोचाहिँ लागेन भन्ने उनकै ठहर थियो । ति गौतम दाईले भनेजस्तै अब यी सबै चिज, परिवर्तन, गणतन्त्र वा अन्य राजनीतिक विषय भ्रम लाग्नु स्वभाविक बनिरहेका छन्– प्रचण्डका आजभोलीका बयानबाजीले ।

प्रचण्ड अर्धपागल नै हुन् ? यो प्रश्नमाथि पक्ष र विपक्षको बहस हुन सक्ला । तर, सारमा हेर्ने हो भने चर्चित हुने मनसायले दिएको, साहित्यको आशयसँगको सामिप्यता जोड्न खोजेको सन्दर्भ होला । तर, आमसाधारणले यो भाषा बुझ्दैन । आम सर्वसाधारण र श्रमिक भएका नाताले भन्नुपर्छ– प्रचण्ड आफ्नो राजनीतिक कर्मसँग सम्झौता गरिरहेका छन् व्यवाहारिक हिसाबमा ।

प्रचण्ड नाम मात्र होइन, विचारका रुपमा स्थापित हुँदै गर्दा शान्ति सम्झौता भयो । त्यसले उक्त नामलाई संस्थागत गर्ने दिशा लिएको थियो तर विवादीत, विचारबाट स्खलित र नाफामुखी झुन्डको सीमित घेरामा पर्दा नजिर बन्नबाट चुक्यो । यद्यपि, शान्ति मन्त्रालयको कुनै तुँवालो लागेको फाइलमा एउटा चिर्कटो भेटियो भने नेपाली राजनीतिको एउटा गहन फड्कोको दस्तावेज शान्ति सम्झौताको पत्रमा गिरिजाप्रसाद कोइरालाको हस्ताक्षर मृत भेटिन्छ, जीवितचाहिँ प्रचण्ड नै भेटिएला । भेटिएन भने पनि मेरो पुस्तासम्मलाई स्पष्ट थाहा छ त्यो हस्ताक्षर जीवित छ तर ‘कोमा’मा पुगेको छ ।

पूर्वलडाकूले ‘हेग’सम्मको उजुरी गर्नु, वेपत्ता र शहीद परिवारले गाली गर्नू, परिवर्तनको आशा गरेका नेता कार्यकर्ताले प्रचण्ड परिवारको छेउछाउसम्म पुग्न नपाउनु अर्थात् प्रचण्डसम्म सही पहुँच बनाउन नपाउनु तर यो देशमा अर्बौं कर छली गर्नेदेखि विवादीत व्यक्तिको सहज पहुँच हुनुको दुर्भाग्यको चक्रव्युह चलिरहँदा शान्ति सम्झौता कोमामा पुगेको स्पष्ट छँदै छ ।

तत्कालिन माओवादी उनकै भाषामा निरन्तरताको क्रमभंग गर्न नै उभिएको भन्ने स्वभाविक लाग्थ्यो । अहिले तुलना गरौं त ? उनी त निरन्तरताको अनुक्रमका अपव्याख्याचाहिँ रहेछन् । एउटा परम्परा थियो राजाको छोरो राजा हुने । गणतन्त्रमा राजाको छोरो राजा होइन, प्रजाको छोरो राजा बन्नुपर्छ भन्ने मानक स्थापित हुनुपर्ने थियो । तर, प्रचण्डले राजाको सन्तान नै राजा हुन्छ भन्ने नब्बेको दशकको भारतीय राजनीतिलाई स्थापित गरिदिए

प्रचण्ड नेपाली भाषा शैली र भाषणकलाको एउटा सिद्धान्त बनिसकेका थिए । राजनीतिको मूलधारमा जनताबाट अनुमोदन हुने बेलामा उनका बेतोड आशावादी विषयले उत्तोलनमा पारिदिन्थ्यो । जे होस्, तत्कालिन माओवादी उनकै भाषामा निरन्तरताको क्रमभंग गर्न नै उभिएको भन्ने स्वभाविक लाग्थ्यो । अहिले तुलना गरौं त ? उनी त निरन्तरताको अनुक्रमका अपव्याख्याचाहिँ रहेछन् । एउटा परम्परा थियो राजाको छोरो राजा हुने । गणतन्त्रमा राजाको छोरो राजा होइन, प्रजाको छोरो राजा बन्नुपर्छ भन्ने मानक स्थापित हुनुपर्ने थियो । तर, प्रचण्डले राजाको सन्तान नै राजा हुन्छ भन्ने नब्बेको दशकको भारतीय राजनीतिलाई स्थापित गरिदिए । गरिबको छोरो सांसद वा मन्त्री अथवा अनेक पदमा होइन, प्रचण्डकै सन्तान हुनुपर्छ भन्ने मानक त बनाए नै, त्यसमाथि दरबारका धुपौरे जस्तै पार्टीका कार्यकर्तालाई धुपौरे बनाइदिए । जसको काम यो आलेख पढ्नासाथ लेखकको आलोचना गर्ने र खुमलटारमा धुप बाल्ने भन्दा केही हुनेछैन, स्पष्ट छ । तथ्यको धरातलमा कोही उभिनेवाला छैन ।

दरबारसँग नजिक हुनेलाई ‘कथित गणतन्त्रवादी’ले मण्डले भनी प्रचार गरे । क्रान्ति भन्दै १७ औं हजारको बलिदानी भएको विषयलाई नजरअन्दाज गरी सम्झौता माथि सम्झौता गर्दै आएकाले जनयुद्धलाई धनयुद्धमा बदलेको संसारले देखेकै छ । निराश र आशा मरिसकेका साधारण परिवारका पूर्वलडाकूले चुनावी क्षेत्रमा चड्कन हान्दा क्षेत्र नै त्याग गरी गृहजिल्लाको अवतरण गर्नुपरेको पनि थियो । आज साराको मन निचोरिने गरी प्रचण्डले भनिदिए,‘अर्धपागल भएका कारण विद्रोह भयो, त्यो विद्रोहमा एक लपटो न मैले हानेको छु न खाएको छु ।’ यसको अर्थ विस्तारै प्रचण्ड जसलाई पगरी बनाउँदै अपजस जति गरिबका सन्तानको टाउकोमा राख्दैछन् । उनी शान्ति प्रक्रियामा आएको बेलादेखि १३ खर्ब ऋण आम साधारणको टाउकोमा थुपार्ने अपजसका मुखिया किन हिंसाको राजनीतिमा आफ्नो हिस्सेदारीबाट पन्छिन खोजिरहेका छन् ? ठिक भए ठिक र बेठिक भए बेठिक भन्ने स्पष्ट धारणा दिन सक्नेचाहिँ असली कम्युनिस्ट हुन्छ । यस अर्थमा नेपाली राजनीतिका असली कम्युनिस्ट चित्रबहादुर केसीलाई मान्न कसैले पनि धुकचुक गर्न पर्दैन, उनले प्रचण्डकै अनुहार रातोपिरो हुनेगरी एउटै मञ्चमा क्रान्ति र परिवर्तन यहि हो ? भनेर प्रश्न गरेका थिए । त्यो भिडियो अहिले पनि युट्युवमा छारस्ट छ, इन्टरनेटमा पर्याप्त भेटिन्छन् ।

माक्र्स, लेलिन वा स्टालिनका कथा मौलिक होइनन् । तिनका जीवनले हामीलाई न चीन बनायो न रसिया बनायो । प्रचण्डलाई पनि बनाएन । आखिर, गान्धीकै देशबाट परिचालित हुन बाध्य पारिदियो । ति गान्धीहरू जोसँग राजा महेन्द्रले कुनै सम्झौता गरेनन्, डटेर सामना गरेका थिए, वैचारिक, राजनीतिक र कुटनीतिक हिसाबमा । यसर्थ, प्रचण्डलाई अर्को पनि सुझाव छ– अबको दशकको राजनीतिको केन्द्रविन्दुमा रहँदैगर्दा ‘डिप्रेशन’को ओखति खाएर निको हुनुहोस् र पुरै सुझबुझका साथ परिवर्तनको जस र त्यसक्रममा भएका क्षतिको अपजसको जिम्मेवारी लिनुहोस् ।

प्रचण्डले जनविद्रोह भनौं, जनयुद्ध भनौं त्यसको अपनत्व लिएका थिए भन्नेमा शंका थिएन । तर जब आफ्नै कामलाई पागलपनको संज्ञा दिए, यसैले अमिलो मन लगाएर उनलाई भन्नैपर्छ– जुन अर्थमा आए पनि त्यो शव्दले आमसाधारणमाझ आशयको बिम्ब देखाउँदैन, निरशा, गल्ती र आत्मआलोचनामा रुमल्लिन बाध्य बनाउँछ

जब संसदको ड्यासमा उभिएका बाबुराम जनयुद्धमा भएका क्षतिको अपनत्व लिन तयार छु, आ–आफ्ना भागमा परेको हिंसा र हत्याको जिम्मेवारी लिन तयार बनौं भन्ने हिम्मत राख्छन् भने प्रचण्ड त्यसबाट किन भागिरहेका छन् ? मुक्तिनाथ अधिकारीहरूलाई रुखमा बाँधेर अमानवीय हिसाबले हामीले मारेकै हो भन्ने आँट किन गर्दैनन् ? यदि क्रान्ति सफल भएको र त्यसको ताकतले परिवर्तन गरेको, भनेजस्तो नेपाल निर्माणका लागि योगदान गरेको लाग्छ भने उनले भन्नुपर्छ– त्यो पागलपन थिएन, सुझबुझको कदम थियो । हज्जारौं मारिए, बन्दुक मेरा हातमा नभए पनि मेरा हरेक आवाज बन्दुक बनेर चले र परिवर्तन भयो । नत्र भने, एक चड्कन पनि हानिन भन्नुको तात्पर्य भनेको त्यो विद्रोहको नाममा कलंक थियो, कलंकमा मेरो हिस्सेदारी छैन भन्ने नै बुझिन्छ । यसले प्रचण्डलाई वर्तमानमा रमाउने, आत्मरतीमा घुलित हुने अवसर देला विगत र आगतले सन्तोष भएर बाँचिरहने ताकत दिन सक्तैन । हिजो राजाका पछि लाग्ने मण्डले भनेजस्तै आज उनका पछि दौडने कुण्डले र ढोकेहरूको घेराको प्रायोजित प्रशंशा भन्दा केही पाउने छैनन् । इतिहासले त उनलाई कदाचित माफी दिनेवाला छैन ।

कुनै नोटिस जारी नगरीकन बाबुराम भट्टराई अमेरिका पुगे । एकाध कालो झन्डाको सामना गर्ने हिम्मत पनि राखे । तर प्रचण्डले अमेरिकी राजदूतलाई भेटेर अमेरिका छिर्ने मेसो मिलाए । सन्त्रास र त्रासको घुम्टो ओढेर त्यहाँ पुगे । त्यतिबेलासम्म प्रचण्डले जनविद्रोह भनौं, जनयुद्ध भनौं त्यसको अपनत्व लिएका थिए भन्नेमा शंका थिएन । तर जब आफ्नै कामलाई पागलपनको संज्ञा दिए, यसैले अमिलो मन लगाएर उनलाई भन्नैपर्छ– जुन अर्थमा आए पनि त्यो शव्दले आमसाधारणमाझ आशयको बिम्ब देखाउँदैन, निरशा, गल्ती र आत्मआलोचनामा रुमल्लिन बाध्य बनाउँछ ।

हिजो मुलुक परिवर्तन गर्न, वर्गीय मुक्ति गर्न, जातिय मुक्तिको नारा लगाएर रगत उमाल्न हिँडेका प्रचण्ड, कृष्णबहादुर महरा, बर्षमान पुनः, टोपबहादुर रायमाझी अथवा अरु नै हेरौं । उनको विगतका तस्बिर कोट्याएर वर्तमानको आर्थिक हैसियतको मापन गरौं । प्रचण्डले भनेजस्तो आधा मस्तिष्क गुमेकै काम थियो भन्ने प्रमाणित हुन्छ । किनभने, पुरै मस्तिष्क गुम्दा चेत हुँदैन, अर्धचेतमा गरेका हरेक चिज गलत नै हुन्छन् जसले जनजिवीकाका निम्ति त्यो संग्राममा ज्यान गुमाइदिए, रगत बगाईदिए, हराइदिए तिनका आँसुले पोलिरहन्छ जीन्दगीभरी । त्यो बयानबाजी गलत थियो भनी आत्माआलोचना गर्नुको विकल्प प्रचण्डसँग छैन, अन्यथा एउटा सुझाव छ– अर्धपागलपन भएको मानिसले साहित्य लेख्दा हुन्छ, क्रान्तिको नेतृत्व हुँदैन । त्यसो हुने भए विलियम शेक्सपियरहरू अमेरिकाका राष्ट्रपति भएको इतिहास हुने थियो, अब्राहम लिंकनहरूको गीति कविता पढ्नुपर्दथ्यो ।

प्रतिक्रिया
सम्बन्धित