१६ कार्तिक २०८३, सोमबार

माछापोखरीमा डुबेर बालकको मृत्यु  

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भद्रपुर, २६ साउन । झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ ।

सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्र्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । –रासस