शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

कुन चक्रब्यूह देख्दैछन् जनता एसडीएफ पार्टीको हारमा…?

दैनिक नेपाल २०७६ साउन २६ गते ८:५७

जगन दाहाल

सिक्किमको राजनीतिक सत्ता परिवर्तनमा जीतको श्रेय र हारको जिम्मेवारी अझ पनि चर्चामा रहेको छ। एसकेएम पार्टीको सरकारमा अहिले कसको कारणले सिक्किमको सत्ता हात लाग्यो भन्ने चर्चा जल्दोबल्दो छ भने विपक्षीमा रहेको एसडीएफ पार्टीभित्र भने २५ वर्षे सरकार हार्नुमा को जिम्मेवार छन् भन्ने चर्चा चलिरहेको छ।

साधारणतया हेर्नुहो भने अहिलेसम्म पनि एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ बाहेक कसैले पनि स्वीकारेका छैनन् की पार्टी हार्नको कारण म पनि हो भनेर ।

नेतृत्व पङ्तिमा आफूलाई स्थापित गरिसकेका वर्गले हारको श्रेय पार्टी कार्यकर्ताको माथि हालिदिएको पाइयो भने पार्टी कार्यकर्ताबाट पनि ठोस सबुत निस्किन सकेन की हारको कारण को हो भनेर। अन्त्यमा एउटै प्रश्‍न रह्यो की को हुन् ती पार्टी कार्यकर्ता र कसको कारणले एसडीएफ पार्टीको हार भयो त? अन्त्यमा पार्टीको हारलाई जनताको मतदान, प्रजातन्त्रको नियम र जनताले परिवर्तन चाहेका थिए भन्ने कुरामा लगेर टुङ्ग्याइयो।

वास्तवमा के सिक्किमे जनताले एसडीएफ पार्टीलाई सत्ताबाट हटाएर एसकेएमलाई नै सरकारमा ल्याउनुपर्छ भन्ने सोचले सत्ता परिवर्तन गराएका हुन् त? पार्टीलाई पुनः आफ्नो सैद्धान्तिक मार्गमा ल्याउन यस्तो जटील विषयमाथि अहिलेसम्म कुनै ठोस कुरा पत्तो लगाउन नसक्नु एउटा कम्जोरी देखिँदैछ।

अहिलेसम्म एसडीएफ पार्टीले आफ्नो पार्टी उत्थानको नयाँ मार्ग तयार गरिने कुनै छाँट सार्वजनिक नहुनु पनि पार्टीको २७ वर्षे आयूमाथि उठ्ने आम प्रश्‍न नै हो । जनताले एसडीएफ पार्टीलाई कुनै हालतमा पनि किन लत्याउन र छोड्न सक्दैनन् भन्ने विषयलाई अघि ल्याउनु हो भने सबैभन्दा पहिले सिक्किमका पुरानो राजनीतिक इतिहास पल्टाउनु पर्छ चाहे त्यो सिक्किमको छोग्याल सासन होस या प्रजातान्त्रिक प्रणालीको स्व. नरबहादूर भण्डारी साशनकाल ।

बहुसंख्यकले मतदान दिएर खून र पसिना बहाएर ल्याएको प्रजातन्त्रलाई राज गर्दै आएका नेताहरूभित्र परेका सबै मुख्यमन्त्रीहरूको कार्यकालको अन्त्य लगभग जनताको मतादेशकै कारण बुझिन्छ। वर्ष १९१४ मा बहुमतको सरकार बनाउन सफल बनेको एसडीएफ पार्टीको विकास कार्य र उपलब्धीले पूर्व सरकारका कार्यहरूलाई थिचेपनि इतिहासले अहेलेपनि पूर्व सरकारका केही कामहरूलाई भने अवश्य स्मरण गराइरहेको छ ।

इतिहासलाई स्मरण गर्न पनि आवश्यक छ। छोग्याल साशनको तुलनामा भण्डारी सरकारमा धेरै विकास भएको कुरा जनताले स्वीकारेपनि स्व. भण्डारीलाई जनमतले नै हराएर एसडीएफ सरकारलाई सिक्किमको सत्ता हस्तान्तरण गरेको हो, जनताको बहुमतलाई स्वीकार्न र प्रत्येक कार्यकर्ताले आफ्नो कम्जोरी महसूस गर्न आवश्यक देखिन्छ ।

सरकार परिवर्तन भएपछि पनि नयाँ सरकारको राय लिन जनतासमक्ष जाँदा जनमतले सत्ता एसडीएफकै चाहेको जिक्र गरेका छन्। गएको आम चुनाउको जनमतलाई हेर्दा पनि एसडीएफ पार्टीको पक्षमा जनमत धेर रहेको छ। त्यहाँबाट थाहा हुन्छ की जनताले एसडीएफ पार्टीलाई नकारेका अथवा लत्याएका भने पटक्कै होइनन् ।

अब सत्ता परिवर्तनलाई प्रजातन्त्रको नियम हो भन्नुहो भने सिक्किममा गएको 25 वर्षदेखि एसडीएफ पार्टीको सरकारले प्रजातन्त्रलाई पूर्ण सुरक्षा गर्दै आएको दावी पनि गरेको छ । अचानक २५ वर्षको सरकार सत्ताच्यूत हुन अहिलेमात्र प्रजातन्त्रको नियम लागु गरिएको हो त भन्ने प्रश्‍न पनि उठ्छ।

उक्त कुरालाई उठान गर्दा यो कुरालाई पनि याद राख्नुपर्नेछ की छोग्याल शासन ढलेपछि यता जति सरकार भए ती सबै प्रजातान्त्रिक प्रणालीको नियम अनुरूप नै भएका हुन् तर एसडीएफ पार्टीलाई नै २५ सालसम्म राख्नमा जनताले धेरै कुराको उपेक्षा गरेको उनीहरूको उपेक्षित सपना पूरा भएको पनि हुनुपर्छ ।

यसवर्षको सत्ता परिवर्तनमा पनि केवल प्रजातन्त्रको नियमले एसडीएफ सरकार लडेको हो भन्न सकिन्न। यदी जनताले सत्ता परिवर्तन नै चाहेका थिए भने एसडीएफ पार्टीलाई सिक्किम विधानसभामा 15वटा आसन जिताएर दह्रिलो विपक्षीको स्थानमा राख्ने थिए त। यी कुराहरूलाई ध्यानमा राख्दा अब कम्जोरी, गल्ती कसको हो भन्ने कुरा कसले केलाउने त ?

जहाँसम्म जनमत र जनताको अहिलेसम्मको उपेक्षा भनेको सिक्किममा आउँदो विधानसभाको तीनवटा निर्वाचन क्षेत्रमा हुने उप-चुनाउमा एसडीएफ पार्टीले वापसी गरे फेरि एसडीएफ पार्टी र अध्यक्षलाई चाहने सिक्किमे जनताको हित हुनेछ भन्नेछ, त्यो कतिसम्म सम्भव छ त्यो एसडीएफ पार्टीमाथि निर्भर गर्दछ ।

जनगुनासो आएको अनुसार यस वर्षको आम चुनाउमा एसडीएफ पार्टीका अध्यक्ष तथा तत्कालीन मुख्यमन्त्री पवन चामलिङलाई जुन चक्रब्यूहभित्र राख्ने साजिस गरियो यसलाई पनि हारको प्रमुख कारण मानिएको छ ।

आम चुनाउमा एसडीएफ पार्टीको ग्राउण्ड जीरोमा काम गर्ने कार्यकर्ता र पूर्व जिल्ला बाहेक अन्य जिल्लास्तरीय कार्यकर्ताहरूमाथि केही नेतृत्व पङ्ति हावी भएको पनि गुनासो सुनिएको छ ।

यसरी नै कतिपयः युवा जमातको मनसाय लिँदा केही जिम्मेवारी एसडीएफ पार्टीको सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि लिनुपर्छ जसको कारण पार्टीलाई कतिपयः
ठाउँहरूमा ठूलो घात बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित