१७ कार्तिक २०८३, मंगलबार

थानकोटको अरविन्द योग मन्दिरमा विशेष प्रस्तुति हुने

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले यहि साउन ३० र ३१ गते अरविन्द योग मन्दिर थानकोटमा बिशेष प्रस्तुति गर्ने भएका छन् ।

श्री अरविन्द योग मन्दिरको आयोजनामा महर्षी श्री अरविन्दको १४७ औँं जन्मोत्सवको अबसरमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूद्वारा उडिसी नृत्य, शास्त्रीय संगीत, सांस्कृतिक कार्यक्रमका साथै आध्यात्मिकसत्संग हुने जानकारी योगमन्दिरका सुष्मा भुसालले गारएकी छिन् ।

महर्षि श्री अरविन्दको योगसाधना, सामूहिक जीवन शैली र कर्मयोगलाई आत्मसात गरी श्री अरविन्द योग मन्दिर, थानकोटले २६ वर्षदेखि जैविक खेती, गाईपालन, कपडा बुनाई, सिलाईकटाई लगायत धेरै प्रकारका कार्यक्रम संचालन गर्दै पनि आएको छ ।

गरिब जेहन्दार, बाबुआमा विहीन २५० जनाभन्दा बढी बालबालिकालाई आश्रममै राखेर अध्ययन अध्यापन पालपोसन गर्दै पनि आएको छ ।