
काठमाडौं, २५ साउन । झापा, हल्दीवारी गाउँपालिका ५ स्थित शान्ति सामुदायिक वनबाट सोही ठाउँ बस्ने ६० वर्षीय ताराहाङ राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, सल्यानमा ४ थान भरुवा बन्दुक र शिशाको गोली ४ राउण्डसहित शनिबार बिहान प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कालिमाटी गाउँपलिका ५ मनिकापुरको जङगलबाट सोही गाउँपालिका मनिकापुर गाउँ बस्ने ७० वर्षीय चन्द्रबहादुर रोका र ६७ वर्षीय टेकबहादुर कुमाललाई पक्राउ गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यसैक्रममा रुपन्देहीमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय अजय कठरिया थारुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
शुद्धोधन गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका १ सिंगापुर सिकडा खोला बस्ने थारु पक्राउ परेका हुन् ।
थारुलाई ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया