शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

एनआरएन बेल्जियम आइसीसी सदस्यमा शर्माको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०७६ साउन २४ गते १३:५०

बेल्जियम, २४ साउन । गैर आवासीय नेपालीहरूको संस्था (एनआरएन) को निर्वाचनमा केन्द्रीय सदस्य (आईसीसी सदस्य) मा गंगाप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् । चुनाव अगस्टको दोस्रो साता हुँदै छ ।

लामो समयदेखि बेल्जियममा बसेर विभिन्न व्यवसायमा संलग्न रहेका शर्मा नेपाली व्यवसायी संघ, बागलुङ समाज बेल्जियमजस्ता विभिन्न संस्थाहरूमा रहेर काम गरिरहेका छन् । विगत २० वर्षदेखि बेल्जियममा रेहेका उनले सन् २०१९–२१ को लागि निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन् ।

शर्माले गएको एनआरएनए बेल्जियमको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनले भने, ‘बेल्जियमको एनआरएनए, समाज, संघसंस्थाहरूको अवस्था तथा साथीभाईहरूको सल्लाहमा निर्वाचनमा मैले केन्द्रीय सदस्य (आईसीसी सदस्य) पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

उम्मेदवारीको घोषणा गरेको भए पनि समाजको एकता र सहकार्यको लागि सहमति हुने अवस्थामा आपूm लचक हुने उनले बताए । आफू नेतृत्वका लागि सर्वसम्मतको पक्षमा रहेको र निर्वाचन हुने अवस्था आएमा आफूलाई मत दिएर विजयी बनाउन मतदातासमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित