शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

मन्त्री योगेशलाई सुझाव– द बार्किङ…सेलडम बाइट !

विनोद ढकाल २०७६ साउन २४ गते ९:४५

-विनोद ढकाल

राजनीतिमा पुस्तान्तरण र जिम्मेवारीका पक्षधरहरू परिवर्तनका उत्तलोक हुन्छन् भन्ने मानक स्थापित नभएसम्म जतिसुकै व्यवस्थाको हेरफेर भए पनि त्यसको प्रभाव व्यवाहारतः शून्य नै हुनेछ, अझ नेपालको परिप्रेक्षमा । युवा राजनीतिको विगुल फुकेर बुढाको वर्चश्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीले पुस्तान्तरणको बाटो कहिले पनि अख्तियारी गरेन, जसका कारण जनताको समर्थन पाएर सरकार बने पनि उसको आलोचना हुन छाडेको छैन ।

राजनीतिमा शुद्धिकरणको खोजीका अभियन्ता, आफैंभित्रको राजनीतिमा परिवर्तनको आवाज बुलन्द गरी समाजमा नयाँ दर्पण दिनुपर्छ भन्ने मानक स्थापित गर्ने व्यक्ति जब त्यहिँभित्रको पदको भागदौडको सदस्य बन्दछ, केही संशयपूर्ण सवालहरू अस्वभाविक लाग्दैनन् । परम्परागत शैली र हिसाबकिताबका आधारमा नै हुक्के, ढुक्के, चिलिमे र प्रायोजनकर्ताको भिडमा घेरिन थालेपछि कसैको केही लाग्दैन, व्यक्ति स्वयंले नबुझेसम्म ।

मेलम्ची आएन भने मन्त्री मगरले राजनीतिक जीवनमा पाएको ठूलो अवसर, जीवनकालकै ठूलो घात हुनसक्ने अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन । ठिक, त्यस्तै योगेशको अहिलेको घोषणा नेपाल एयरलाइन्स, अन्तर्राष्ट्रिय विमानस्थालहरू परेका छन् । यीनलाई घोषणाका आधारमा होइन, व्यवाहारिक हिसाबले कार्यान्वयनका आधारमा सल्टाउनुपर्ने थियो, पपुलिष्ट बाटोको म्याराथनमा उक्लिएका छन् जहाँ चुनौतिका अग्ला पहाडको ख्याल गरिएन

राजनीतिमा पुस्तान्तरणको गज्जबको आवाज उठाउने मध्येमा पर्दथे, युवा नेता योगेश भट्टराई । हालै मात्र उनलाई दिवंगत नेता रवीन्द्र अधिकारीले सम्हालेको पर्यटन मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए ।

भट्टराई आशावादी नेता हुन् भन्ने विषयमा कसैको पनि मतभेद थिएन÷छैन । जीवनमा पहिलो पटक मन्त्री पद पाए त्यसमा सबै खुसी हुनुपर्ने हो । तर, मन्त्री बन्नासाथ नै उनका बयानबाजी र घोषणा एकपछि अर्को गर्दै आइरहेका छन् जसलाई कार्यान्वयन गर्न चुनौतिका पहाड पनि छन् । यसैले उनले पनि पढेको एउटा ‘प्रोभर्व’लाई उनले स्मरण गरेर अघि बढ्नुपर्छ कि ‘द बार्किङ…सेलडम बाइट !

यसका पछाडीको पहिलो कारण उनकै सहकर्मीका रुपमा रहेकी मन्त्री बिना मगर उचित उदाहरण हुन् । मगरले मन्त्री नियुक्ति हुनासाथ पहिलो एजेन्डा मेलम्ची खानेपानी आयोजना ल्याउने बनाइन् । यसलाई यति प्रचारमुखी बनाइन् की, त्यसका अवरोध, कमिशनको चक्कर, काममा बाधा वा समस्याको ‘पिनप्वाइन्ट’ नबुझी भनिदिइन्– असारसम्ममा मेलम्ची आउँछ । फागुनमा मन्त्री बनेकी मगरको यो हतारको घोषणाले असारमा व्यवाहारिकता पाएन, फेरि भनिन्– असोजमा आउँछ । असोजमा पनि आएन । त्यसपछि सचिव हेरफेर गरिन् । त्यो बर्ष आएन । अर्को बर्ष आएन । यो फगत घोषणाका विषयमा अस्तिमात्र सदनमा फेरि प्रश्न बल्झियो, फेरि भनेकी छन्– मेरै कार्यकालमा आउँछ । अब केही बर्ष मात्र मन्त्री पद बाँकी रहेको अवस्थामा मेलम्ची आएन भने मन्त्री मगरले राजनीतिक जीवनमा पाएको ठूलो अवसर, जीवनकालकै ठूलो घात हुनसक्ने अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन । ठिक, त्यस्तै योगेशको अहिलेको घोषणा नेपाल एयरलाइन्स, अन्तर्राष्ट्रिय विमानस्थालहरू परेका छन् । यीनलाई घोषणाका आधारमा होइन, व्यवाहारिक हिसाबले कार्यान्वयनका आधारमा सल्टाउनुपर्ने थियो, पपुलिष्ट बाटोको म्याराथनमा उक्लिएका छन् जहाँ चुनौतिका अग्ला पहाडको ख्याल गरिएन । गर्ने, उनैले हो तर गरेर देखाएपछिको गर्जनको ठूलो अर्थ रहला । अन्यथा बिना मगरको कित्तामा उभिनु परेको खण्डमा मन्त्री भट्टराईको यति लामो राजनीतिक संघर्ष कौडीको बन्नेमा दुईमत नहोला ।

जब नेता कर्तव्यमुखी भन्दा बढी प्रचारमुखी बन्छ, उसको कामको अवलोकन, मुल्यांकन र क्षमताको परिक्षा जनताले सुसुप्त ढंगले लिइरहेको हुन्छ । राजनीतिमा अनेक दाउपेचको कारक पनि हुन्छ ‘पद’ । त्यो पदका कारणले राजनीतिज्ञको भविष्यको आकार तय हुन्छ

राजनीतिमा मतको जोड घटाउ मात्र होइन, नागरिक अभिमत, विश्वास र आशाको जोड मात्रै बलियो हुन्छ । आशावादी नेतासँग भाषण, घोषणाको होइन, काम र कर्तव्यको व्यवाहारिक प्रयोगको खाँचोले निपूर्णता पाउला कि भन्ने आशा हुन्छ । जब, भट्टराई मन्त्री नियुक्त भए, त्यसै दिनदेखि उनले दिएका अनेक अभिव्यक्तिले उनको बाटो कति क्लियर हुने हो भन्ने शंका स्वभाविक उब्जाउँछ ।

मन्त्री नियुक्ति भएकै दिनदेखि योगेश भट्टराई आफ्ना कारणले नै विवादमा तानिन सक्ने सम्भावना छन् । उनले शुभकामना नछाप्नू भने, छापियो । फेसबुके बधाईसँग डर लाग्छ भने, आइरहेको छ । कार्यकर्तालाई बधाई नदिनू भने, आको आई छ । एउटा त टोपी तस्बिर नै विवादमा भयो । संसदीय समितिमा आँसु झारे । एउटा मात्रै मन्त्रिस्तरीय चर्चा गर्न लायक कुनै निर्णय वा घोषणा गरे त ? ‘पपुलिष्ट’ होइन कम्युनिस्ट बन्नुपर्छ । कुबेलाको काँक्रो, बाहिर झरिलो, भित्र पिरोलो नबनोस् पद ।

जब नेता कर्तव्यमुखी भन्दा बढी प्रचारमुखी बन्छ, उसको कामको अवलोकन, मुल्यांकन र क्षमताको परिक्षा जनताले सुसुप्त ढंगले लिइरहेको हुन्छ । राजनीतिमा अनेक दाउपेचको कारक पनि हुन्छ ‘पद’ । त्यो पदका कारणले राजनीतिज्ञको भविष्यको आकार तय हुन्छ । नेकपाकै नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाललगायतको पदीय लोभ र लालसामा भएका कतिपय सम्झौतापछिका समयले उनीहरूलाई कति माथि या कति तल झार्यो भन्ने योगेश स्वयंमले देखेका छन् । उनलाई साथ दिने युवा नेत्री रामकुमारी झाँक्रीले पनि देखेकैले भनेकी हुनुपर्छ ‘मन्त्री भट्टराईलाई असफल बनाउनका निम्ति नै मन्त्रीमा नियुक्त गरिएको हो, यसमा उनले सचेत हुन आवश्यक छ ।’

पर्यटन मन्त्रालय, यसका विभागका हिसाबमा रहेका नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पर्यटन विभाग कहिले पनि मोटाएका छैनन्, यसमा काम गर्नेचाहिँ मोटाएका मोटाई छन् । यी सबै निकायका व्यक्तिलाई सन्तुलित राख्ने, भ्रष्टाचारलाई न्यूनिकरण गर्ने र सम्बन्धित विभागलाई प्रभावकारी बनाउने चुनौति मन्त्री भट्टराईका सामु यसै पनि छ । एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– अब नेपाल वायु सेवा निगमलाई सरकारले कत्ति पनि रकम अनुदान दिने छैन ! त्यो घोषणाको केही दिनपछि भट्टराई मन्त्री नियुक्त भएका हुन् ।

तर, भट्टराईलाई विश्वासका आधारमा सांसद बनाएर पहिलो पटक प्रतिनिधि सभामा प्रवेश गरसाएका जनता, देशभरका कार्यकर्ता र आम पार्टी पंक्तिले दुई हिस्सामा बाँडेरै विश्लेषण गरिरहेका छन् । सफल अथवा असफल । मन्त्री भएर सफल भएका, बात नलागेका निक्कै कमै मात्र उदाहरण छन् नेपालमा

एक जेहेन्दार नेता मात्र होइन, राजनीतिमा कहिल्यै पनि दाग नलागेका व्यक्ति थिए, रवीन्द्र अधिकारी । जसले यहि मन्त्रालयमा पाइला राखेका थिए, मन्त्रीका रुपमा पहिलो पटक, सायद । उनको प्रवेशले मन्त्रालयले गति लिन्छ भन्ने धेरैले सोचेका थिए । तर बात लाग्यो । वाइडबडी प्रकरणमा अन्तिम किस्ता रकम निकासामा गरेको एउटा हस्ताक्षरका कारण उनको निधारमा झन्डै झन्डै कलंकको टिको लागेको थियो । तर अल्पायुमा नै भएको दुर्घटनामा अधिकारीको निधनले त्यो कलंकलाई प्रमाणित गर्ने वा सफाई पाउने दुवै विषयको निक्र्यौल हुन पाएन । तर प्रधानमन्त्री ओलीले निरन्तर यस प्रकरणमा अधिकारीको कुनै पनि संलग्नता नरहेको घोषणा गरिदिएका थिए । यो एक किसिमको आधिकारिक उन्मुक्ति पनि भनेर बुझ्दा हुन्छ ।

मन्त्री भट्टराईले शपथ लिनासाथ भनेका थिए– म मित्र रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा यो मन्त्रालयमा आएको छु । अब उनले अधिकारीले अख्तियारी गरेको नीतिलाई अघि बढाउलान् या नबढाउलान् त्यो उनको विषय भयो । तर, भट्टराईलाई विश्वासका आधारमा सांसद बनाएर पहिलो पटक प्रतिनिधि सभामा प्रवेश गरसाएका जनता, देशभरका कार्यकर्ता र आम पार्टी पंक्तिले दुई हिस्सामा बाँडेरै विश्लेषण गरिरहेका छन् । सफल अथवा असफल । मन्त्री भएर सफल भएका, बात नलागेका निक्कै कमै मात्र उदाहरण छन् नेपालमा । त्यसमा एउटा इटाँ बनेर राजनीतिप्रति आमचासो र विश्वासको कसी बन्नेकी बोलेर आलोचनाको पात्र मात्र बन्ने यी दुवै बाटोमा होसियारीका साथ मन्त्री भट्टराई हिँड्नुपर्ने देखिन्छ । यसर्थ, अबको लगभग तीन बर्षको कार्यकालमा मन्त्री भट्टराईले आफूलाई हिजोको राजनीतिक छविमा कायम राख्न सजकतापूर्वक काम गर्नुपर्ने हुन्छ । अन्यथा, आम मानिसले उनलाई पनि कान चिरेको जोगी नै भन्ने दिन आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित