मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

एनआईसी एशिया बैँक र चौराहा हस्पिटलबीच सम्झौता

दैनिक नेपाल २०७६ साउन २३ गते १९:५२

काठमाडौँ, २३ साउन । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, बुटवलबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै छ भने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित छ ।

१७ लाखभन्दा बढी ग्राहकहरूकासाथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैँकका नायब प्रमुख सूचना अधिकारी अर्जुन खनियाले बताए ।

प्रतिक्रिया
सम्बन्धित