१७ कार्तिक २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पहिलो उष्ण प्रदेशीय (ट्रपिकल) फलफूल बगान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, २२ साउन । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान पक्लिहवाले उष्ण प्रदेशीय (ट्रपिकल) फलफूलको बगान बनाउन सुरुवात गरेको छ ।

संस्थानमा अध्ययन गर्ने विद्यार्थीलाई उष्ण प्रदेशीय (ट्रपिकल) फलफुलको विषयमा अध्ययन अनुसन्धान गराउन सहज होस् भन्ने उद्धेश्यले संस्थानले बगान स्थापना गर्न सुरु गरेको हो ।

पाँच बिगाहा बढी क्षेत्रफलमा सुरु गर्न लागिएको बगानको मंगलबार प्रदेश नं ५ कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बिरुवा रोपेर सुरुवात गरेकी छन् । अध्ययन संस्थानले स्थापना गरेको बगान त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पहिलो उष्ण प्रदेशिय (ट्रपिकल) फलफूल बगान हो ।

नेपालको पहिलो भने रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रहेको छ । कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका बागवनी तथा बाली संरक्षण विभाग प्रमुख डा. पुष्प पौडेलका अनुसार (ट्रपिकल) बगान स्थापना पछि अध्ययन संस्थान फलफूल सम्बन्धी अध्ययन गर्नको लागि अनुसन्धान र स्रोत केन्द्रको रुपमा अघि बढ्ने छ ।

पौडेलले बगानले कृषकलाई पनि फाइदा हुने बताए । कृषकले फलफूल खेती गर्न चाही बगानमा अनुशन्धान भएका विभिन्न प्रजातीका फलफुल फलाउन सक्ने जानकारी दिए । पौडलले बगानमा स्नाकोत्तर र पिएचडीका विद्यार्थीले ट्रपिकल फलफूलबारे अनुसन्धान गर्न सक्नेछन् ।

अध्ययन संस्थानले आन्तरिक स्रोतमा विद्यार्थी र संकायको सहयोगमा संस्थानको ४ हेक्टर क्षेत्रफलमा व्यवस्थित रुपमा बगान संचालन गर्न लागेको हो ।

संस्थानले बगानलाई ट्रपिकल फलफूलको अनुसन्धान केन्द्रको रुपमा अघि बढाउने लक्ष्य लिएको छ । पौडेलका अनुसार यसका लागि कम्तीमा तीन वर्ष लाग्ने छ । अहिले बगानमा १७ जातका आप, १० जातका लिच्ची र अम्बा गरि करिव ५ सय फलफूलका बिरुवा रोपिएको छ ।

अध्ययन संस्थानका अनुसार बगानले अध्ययन, अनुसन्धान र विस्तारमा केन्द्रित रहेर काम गर्नेछ ।