लिस्बन । नेपाली काङ्ग्रेसको प्रवास सगठ्न जनसम्पर्क समिति पोर्चुगलको को १० औ साधारणसभाको नेपाली काङ्ग्रेसका प्रभाशाली युवा नेता तथा प्रबक्ता बिश्व प्रकाश शर्माले सम्बोधन गर्ने भएका छन् ।
पोर्चुगलको राजधानी लिस्बनको जिनासियो क्लबमा १२ अगस्टमा दिनको ३:३० बाट सुरु हुने कार्यक्रमको लागि नेपाल देखि शर्मा पोर्चुगल आउन लागेका हुन् ।
प्रवक्ता शर्मा सहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही समेत साधारण सभालाई सम्बोधन गर्न पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति बिनोद घिमिरेले जानकारी दिए।
समितिको साधारणसभा संगै यहां रहेका कांग्रेस कार्यकर्ताका लागि प्रशिक्षण समेत आयोजना गरिएको घिमिरेले बताए ।
प्रवक्ता शर्माले सोही दिन जनसम्पर्क समिति पोर्चुगलका कार्यकतालाई प्रशिक्षण दिने कार्यक्रम रहेको समितिले जनाएको छ।
नेता शर्माले पार्टीको बर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धीमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको घिमिरेले बताए ।
















प्रतिक्रिया