लिस्बन । युरोपेली मुलुक पोर्चुगल पछिल्लो समयमा आप्रवासीहरुलाई सझिलो प्रक्रियाद्रारा बसाई अनुमतिपत्र दिने भएकोले एसियन मुलुक र अफ्रिकी मुलुकबाट पोर्चुगल बाट आउने संख्या दिन प्रतिदिन बद्ढो छ । वृद्धि संगै काम पाहुन कठिनाई पर्न थालेको छ ।
जस मध्ये नेपालबाट उज्ज्वल भबिस्यको सपना देखेर युरोपेली देश डेनमार्क, माल्टा, चेक रिप्बलिक, पोल्यान्ड लगाएतका देशहरूबाट पोर्चुगल आउने क्रम जारी छ ।
नयाँ ठाउँ नयाँ परिवेश भाषाको अज्ञाता, काम सम्बन्धि जानकारीको अभावले गर्दा नेपालीहरु रोजगारको अभावमा कयौं नेपाली युवायुवती कामको खोजीमा भौतारिदै हिडेका पोर्चुगलको सडक देखिन्छ ।
“सीप सिक्कौ, आत्म निर्भर बनौ” भन्ने नारालाई आत्मसात गर्दै केही सम्म पनि नेपाली समुदायलाई राहत पुगोस भन्ने उद्देश्यका साथ पोर्चुगलमा गठित बाग्लुङ समाज पोर्चुगलले इटालीयन खाना पिज्जा बनाउन सिकाउने १ महिने तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिममा करिब चालीस जना प्रशिक्षार्थीहरु सहभागी भएर प्रत्यक्ष लाभ लिएको कुरा संस्थाका अध्यक्ष प्रेम खड्काले बताए । पोर्चुगलमा पहिलो पटक पिज्जाको तालिम संचालन गरिएको र तालिमबाट धेरै नेपालीहरुलाई सक्षम हुन मद्दत गरेको उनको दावी छ । प्रशिक्षार्थीको तर्फबाट बोल्दै कमल पुनले यो अबसरबाट उत्साहित भएको र आम नेपालीहरूका लागि प्रभावकारी रहेकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी संस्थाका सल्लाहकार तथा एनआरएन पोर्चुगलका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले सम्पूर्ण प्रशिक्षार्थीलाई शुभकामना ब्यक्त गर्दै बाग्लुङ समाजलाई उदाहरणीय काम गरेकोमा धन्यवाद ब्यक्त गरे ।
उक्त तालिममा पिज्जा सेफहरू एकीन्द्रबहादुर हमाल, बलबहादुर भण्डारी, गङ्गा क्षेत्री, गोविन्द सापकोटा र दीपक जीसीले निःशुल्क पिज्जा प्रशिक्षण गराएका थिए । प्रशिक्षकहरूलाई प्रमुख अतिथि र संस्थाका अध्यक्षले खादा ओढाएर सम्मान गरे ।
उक्त समापन कार्यक्रमको संचालन संस्थाका सचिब रमेश बुढाथोकीले गरेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष ओम कार्की र अध्यक्षता संस्थाका अध्यक्ष प्रेम खडकाले गरे ।
















प्रतिक्रिया