१७ कार्तिक २०८३, मंगलबार

कर्णाली भाषा र संस्कृतिको अगुवा हो : पूर्वप्रधानमन्त्री खनाल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कर्णाली भाषा र संस्कृतिको अगुवा भएको बताएका छन् ।

कर्णाली कला संस्कृति समाजको मुख्य आयोजना र कर्णालीका आधा दर्जन साहित्यिक-सांस्कृतिक संस्थाहरुको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा कर्णाली सांस्कृतिक उत्सव २०७६ लाई सम्बाेधन गर्दै खनालले कर्णालीको सभ्यता भनेको नेपालको सभ्यता भएको टिप्पणी गरे ।

‘कर्णालीको संस्कृति नेपालको संस्कृति नेपालको संस्कृति हो’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘यदि कर्णाली हुन्थेन, कर्णालीको सभ्यता, भाषा र संस्कृतिको पहिचान हुने थिएन भने नेपालको एकीकरण पनि हुने थिएन । नेपाल एकीकरण गर्ने आधार पनि हुने थिएन ।’

खनालले आज भन्दा पाँच सय अगाडि कर्णाली देशको अगुवा रहेको स्मरण गरे । ‘यो सभ्यता, संस्कृती र भाषाको क्षेत्रमा आज पनि देशको अगुवा हो । कर्णाली हुँदैन भने देशको पहिचान नै हुदैन’, खनालले थपे ।

कार्यक्रममा पूर्वगृहमन्त्री जनार्दन शर्माले कर्णाली समृद्धिको सम्भावनाको खानी रहेको बताए । कर्णाली सभ्यता, संस्कृती र भाषाको क्षेत्रमा हिजो पनि समृद्ध भएको र आज पनि समृद्ध नै रहेको टिप्पणी गरे ।  ‘कर्णाली समृद्ध छ, कर्णाली समृद्धिको सम्भावनाको खानी हो । सांस्कृतिक रुपमा कर्णाली समृद्धिको मुल हो’, शर्माले भने ।

सांस्कृतिक उत्सवमा कर्णालीका वरिष्ठ साहित्यकार मोतिराज बमको “कर्णाली सास्कृतिक महासंघको आवश्यकता र भूमिका” बिषयक कार्यपत्र प्रस्तुत भएको थियो भने कार्यपत्रमाथि साहित्यकार कृष्णराज धमलाले टिप्पणी गरेका थिए ।

सांस्कृतिक उत्सवमा कर्णालीका मौलिक सास्कृतिक प्रस्तुति (बालो नाच, हुड्के नाच, देउडा नाच, न्याउले खेल, मागल, अभिनय आदि) प्रस्तुत गरिएका थिए ।

उत्सवमा कर्णालीको सांस्कृतिक विकासमा भूमिका खेलेकोमा पलाता गाउँपालिका, कालिकोटका अध्यक्ष लक्ष्मण बमलाई कर्णाली सांस्कृतिक सम्मान २०७६ प्रदान गरिएको थियो भने कर्णाली सांस्कृतिक उत्सव २०७६ सम्पन्न पार्न उल्लेखनीय भूमिका खेलेकोमा कर्णालीका युवा नेता भक्त बहादुर रावत, सङ्गितकार पदम रोकाया, संस्कृतिकर्मी कृपा धमला, समाजसेवी मणिचन्द्र कार्की, चलचित्रकर्मी सुमन खत्री, समाजसेवी मेघराज शाहीलाई कदर पत्र प्रदान गरिएको थियो ।

कर्णाली कला संस्कृती समाजका अध्यक्ष सुर्य बहादुर रोकाया “निर्मोही सङ्कल्प”ले कार्यक्रम भव्य रुपले सफल भएको बताउँदै यसले कर्णालीको पहिचान, पर्यटन प्रवर्द्धन  लगायतमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

सरकारले अघि सारेको भिजिट नेपाल २०२० लाई पनि यस्ता कार्यक्रमले सहयोग गर्ने उनको विश्वास छ ।