
काठमाडौँ, २१ साउन । प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरको पद गुमेको छ । राष्ट्र बैंकले सिइओका लागि उमेर हद तोकेसँगै उनको पद गुमेको हो ।
७४ वर्षीय उमेरका मानन्धरले चौथो पटक बैंकको प्रमुख कार्यकारीको जिम्मा पाएका थिए । गत शुक्रबार बसेको संचालक समितिको बैठकले मानन्धरलाई निरन्तरता दिएको थियो ।
राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गर्दै बहालवाला प्रमुख कार्यकारीले ६९ वर्षको उमेरसम्म पदमा रहन पाउने व्यवस्था गरेको छ ।
मानन्धरको उमेर ७४ वर्ष रहेकाले उनी पदमुक्त भएका हुन् । निर्देशन अनुसार ६५ वर्ष पुगेकाहरु अब पुनः सिइओ नियुक्त हुन पाउने छैनन् । यो व्यवस्था लागू भइसकेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
बैंकका अनुसार मानन्धर आजैदेखि कार्यालयमा अनुपस्थित छन् । शुक्रबार मानन्धरलाई बैंकले ४ वर्षे कार्यकालका लागि सिइओमा पुनः नियुक्ति गरेको थियो । बैंकको स्थापना कालदेखि मानन्धर सिइओ रहँदै आएका थिए ।















प्रतिक्रिया