
काठमाडौँ, २१ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विजयपुर अध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै प्रदेश नं. १ धरान, वडा नं. १४ स्थित अध्यात्मिक मञ्चलाई सहयोग गरेको हो ।
आर्थिक सहयोगले सिंह देवी मन्दिरदेखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्नेछ । बुढासुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्नेछ ।
बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा १ लाख एघार हजार रुपैयाँ रकमको चेक बैंकका धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले संस्थाका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरे ।
बैंकले देशैभरका ८६ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैँकका सहायक प्रबन्धक रञ्जित मास्केले जनाएका छन् ।















प्रतिक्रिया