
दोहा, २१ साउन । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिवका लागि सामाजिक अभियन्ता एवम् जुझारु युवा पदम गिरीले उम्मेद्वारी दिएका छन् ।
गिरीले अगामी कार्यकाल(२०१९–२०२१)का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमामध्यपुर्व सदस्य समेत रहेका गिरी गण्डकी प्रदेश समन्वय परिषद कतारका संस्थापक सदस्य, तनहुँ सेवा समाज कतारको महासचिव, दशनामी समाज कतारका शाखाका वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर काम गरेका छन् ।
विगत एक दशकदेखि कतारमा कार्यरत गिरी सामुहिक नेत्तृत्व र संस्थागत हितमा रहेर श्रमिक नेपालीको पक्षमा प्रतिबद्ध रहि एनआरएनको अभियानमा सफल बनाउन लागि परेको व्यक्ति हुन् ।

उनले पार्षदहरुले सहयोग र समर्थन समेत रहनेमा विश्वस्त रहेको भन्दै एनआरएनलाई साझा र पारदर्शाी ढङ्गबाट अगाडी बढाउन अग्रज समाजिक अभियन्ता, सामाजिक संस्थाका प्रतिनिधिहरुमा सबैको सल्लाह सुझावसहित कतारमा स्थापित सम्पूर्ण संस्थाहरु सहकार्यतामा नेपाली दूतावाससँग समन्वय गर्दै जानेमा जोड दिए ।
आउँदो २३ अगष्ट २०१९ का दिन नेपाली राजदूतावासका निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।















प्रतिक्रिया