१७ कार्तिक २०८३, मंगलबार

५० हजार घुस लिएको आरोपमा अधिकृत पक्राउ

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ ।

आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार आयोगको हेटौँडाको टोलीले कार्यालयबाट नै पक्राउ गरेको हो ।

उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौँडास्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षक नृतृत्वको टोलीले अमात्यलाई रु ५० हजार घुससहित पक्राउ गरेको आयोगको हेटौँडा कार्यालयका सूचना अधिकारी देवराज राईले जानारी दिनुभयो । –रासस