
मकवानपुर, २० साउन । हेटौंडा स्थित १२ किलो बढी गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका ८ देउकोट बस्ने अटोचालक १९ वर्षीय जिवन मोक्तान, पर्सा बीरगंज महानगरपालिका १० रानिघाट बस्ने २४ वर्षीय राजेश पटेल र सोही ठाउँ बस्ने १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् ।
प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ९७४६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको छतमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १७ वर्षीय २ किशोर रहेका छन् ।
उनीहरुले विभिन्न समयमा चोरी गरी लुकाई राखेका मोबाइल ८ थान र ग.१२ प ८५५५ नम्बरको स्कुटर सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका ८ पिपिरी बस्ने ६२ वर्षीय भिम बहादुर वलिको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । कुवामा मोटर जोडेर खेतमा पानी सिँचाई गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, बाग्लुङको बागलुङ नगरपालिका १ कालिका मन्दिर परिसरमा एक पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत भेटिएका हुन् ।
त्यस्तै, रौतहट, राजापुर नगरपालिका ५ बस्ने ३५ वर्षीय दिनेश महरा घरदेखि करिब १.५ किमीको दुरीमा रहेको आँपको बगैचामा आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी, कैलाली, घोडाघोडी नगरपालिका २ साडेपानी आस्थानगर बस्ने ४५ वर्षीय शिबलाल चौधरी घरदेखि करिब ५० मिटर पर खेतमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
झापाको कन्काई नगरपालिका ५ चप्रामारीमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सोमनाथ अधिकारीको टिनको छानो भएको घरमा सोमबार बिहान आगो लागेको हो ।












प्रतिक्रिया