१७ कार्तिक २०८३, मंगलबार

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० साउन । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

काठमाडौं, धनुषा, बारा, कपिलवस्तु, बर्दिया र रोल्पामा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

काठमाडौं, टोखा नगरपालिका ९ म्याग्दीचोकस्थित सडकमा बा. ५३ प ९६५४ नम्बरको मोटरसाइकलमा सवार स्थानीय १९ वर्षीया रानी श्रेष्ठ आइतबार दिउँसो मोटरसाइकलबाट लडेपछि उपचारको क्रममा उनको मृत्यु भएको हो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित सरिता देवी मुखिया आइतबार दिउँसो मोटरसाइकलबाट अचानक खसेर मृत्यु भएको छ । २६ वर्षीय सत्य नारायण मुखियाले चलाएको अनटेस्ट मोटरसाइकलमा सवार उनकी भाउजु करिब २९ वर्षीया सरिता देवी मुखिया लडी गम्भीर घाइते भएपछि उपचारको क्रममा उनको मृत्यु भएको छ ।

यसैगरी धनुषाकै जनकपुर उपमहानगरपालिका १७ कनकपट्टीस्थित सडकमा आइतबार मोटरसाइकल सडक किनारको कुलोमा खस्दा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । ज.१० प ३७२० नम्बरको मोटरसाइकल कुलोमा खस्दा शहिदनगर नगरपालिका ४ ननपट्टी बस्ने ३० वर्षीय चालक सुजित पासवानलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ स्थित सडकमा ट्रयाक्टरले मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ४ वर्षीय राहुल यादवको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

ना.५ त ६९०३ नम्बरको ट्रयाक्टरले ना.२४ प ९६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ४ वर्षीय यादवको मृत्यु भएको हो । मृतक राहुल मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय बन्नु यादवको भतिजो रहेको खुल्न आएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

कपिलवस्तुमा कपिलवस्तु नगरपालिका ६ रामनगरस्थित बसको ढोकाबाट आइतबार साँझ खस्न पुग्दा गम्भीर घाइते भएका ३५ वर्षीय सहचालक मधुसुधन पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । बाणगंगा नगरपालिका ८ मोर्मी पाण्डेको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ना.४ ख १८९६ नम्बरको बसको ढोकाबाट आइतबार साँझ खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको गुलरीया नगरपालिका ११ लालपुरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । भे.३ प ३०७ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा चालक गेरुवा गाउँपालिका ६ बस्ने २७ वर्षीय चालक राम शंकर कुसुम्माको मृत्यु भएको छ ।

आइतबार साँझ युपी ४० क्यु ९५२३ नम्बरको मोटरसाइकलले अचानक ब्रेक लगाएको कारण राम शंकरको भे.३ प ३०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन जाँदा गम्भिर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल हुँदै नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकल र युपी ४० क्यु ९५२३ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पाको माडी गाउँपालिका २ ब्याङखोलास्थित ट्याक्टर आइतबार राति सडकबाट करिब २ सय मिटर तल खस्दा एक स्थानीय ४० वर्षीय तुल बहादुर बाठाको घटनास्थलमै मृत्यु भएको छ ।

रा.१ त २८९० नम्बरको ट्याक्टर आइतबार राति सडकबाट करिब २ सय मिटर तल खसेर ट्याक्टरमा सवार ट्याक्टरधनी स्थानीय ४० वर्षीय तुल बहादुर बाठाको घटनास्थलमै मृत्यु भएको हो ।