दोहा । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशनको सरगर्मी बढेको छ । सामाजिक अभियान्ता एवम् जुझारु युवा पदम गिरीले अगामी कार्यकाल(२०१९–२०२१)का लागी महासचिव पदमा उम्मेदवारी दिएका छन्
एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमामध्यपूर्व सदस्य समेत रहेका गिरी गण्डकी प्रदेश समन्वय परिषद कतारका संस्थापक सदस्य, तनहुँ सेवा समाज कतारको महासचिव दशनामी समाज कतारका शाखाका बरिष्ठ उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर काम गरेका छन् ।
विगत एक दशकदेखि कतारमा कार्यरत गिरी सामूहिक नेत्तृत्व र संस्थागत हितमा रहेर श्रमिक नेपालीको पक्षमा प्रतिबद्ध रहि एनआरएनको अभियानमा सफल बनाउन लागि परेको बताए ।
उनले पार्षदहरूले सहयोग र समर्थन समेत रहनेमा विश्वस्त रहेको भन्दै एनआरएनलाई साझा र पारदर्शाी ढङ्ग अगाडी बढाउन अग्रज समाजिक अभियान्ता सामाजिक संस्थाका प्रतिनिधिहरूमा सबैको सल्लाह सुझाब सहित कतारमा स्थापित सम्पूर्ण संस्थाहरू सहकार्यतामा नेपाली दूतावाससंग समन्वय गर्दै जानेमा जोड दिए ।
यहि आउँदो २३ अगष्ट २०१९ का दिन नेपाली राजदूतावासका निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।















प्रतिक्रिया